प्रधानमन्त्री ओलीले संसदलाई संबोधन गर्दै

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा संबोधन गर्दैछन् ।

आइतबार ६ दिने चीन भ्रमणबाट स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे संसदलाई जानकारी गराउन आज संबोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई संबोधन गर्ने कार्यक्रम रहेको उनको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका हुन् ।

कमेन्ट गर्नुहोस्