अष्ट्रेलिया र पेरुबीचको खेल शुरु, को पुग्ला नकआउट चरण ?

काठमाडौं, असार १२ । रसियामा जारी २१ औं संस्करणका विश्वकप फुटबलअन्तर्गत अहिले समूह सीका चारवटै देश लीग चरणको अन्तिम खेल खेल्दै छन् ।

आज समूह सी अन्तर्गत अष्ट्रेलिया र पेरुबीचको खेल भर्खरै शुरु भएको छ ।

रसियाको फिष्ट रंगशलामा नेपाली समय अनुसार ७.४५ बजे फ्रान्स र डेनमार्कबीचको खेल शुरु भएको हो ।

अष्ट्रेलियाको पनि विश्वकपको नकआउट चरणमा पुग्ने झिनो सम्भावना बाँकी नै छ ।

अष्ट्रेलियाले पेरुलाई ठूलो गोल अन्तरले पराजित गरेमा र फ्रान्सले डेनमार्कलाई पराजित गरेको खण्डमा अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा पुग्नेछ ।

कमेन्ट गर्नुहोस्