आरजुले कमिसन नपाउँदा मलेसियाको ढोकै बन्द !

काठमाडौं, असार १३ । सरकारी अराजकता र उद्दण्डताका कारण वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा गम्भीर तथा नकारात्मक असर परेको छ । खासगरी मलेसियासँगको ‘रोजगारी’ सम्बन्धमा असर पर्दा कामका लागि मलेसिया जान ठिक्क परेका नेपाली कामदार ज्यादा प्रभावित हुन पुगेका छन् ।

प्रतिमहिना पच्चीसदेखि तीस हजारसम्म युवा रोजगारीका लागि मलेसिया जाने क्रम रहेकोमा करिब महिना दिनयता नेपाली कामदार मलेसिया जाने क्रम बन्द भएको छ । यसक्रममा भिसा लागिसकेका करिब बीस हजार युवासमेत रोकिएका छन् ।

श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायमा भइरहेको लुटको अन्त्य गर्ने उद्देश्यले केही कडा कदम चालेको भए पनि सरकारी तवरबाट मलेसिया सरकारसँग समस्या समाधानका लागि कूटनीतिक पहल नभएकोले असहज अवस्था पैदा भएको हो । मन्त्री विष्टले मलेसियाले आफ्नो सर्त नमानेसम्म कामदार नपठाउने अडान राख्दै आएका छन् । खासगरी स्वास्थ्य परीक्षण, भिसा प्राप्ति र फिङ्गर प्रिन्टको नाममा खडा गरिएका सिन्डिकेट र महँगो शुल्क लिने व्यवस्था नहटेसम्म कामदार नपठाउने अडानमा मन्त्री विष्ट रहेका छन् ।

सिन्डिकेट खडा गर्ने र चर्को रकम असुल गर्ने कामको थालनी देउवापत्नी आरजु राणाको इच्छा र निर्देशनअनुरूप तात्कालिक श्रममन्त्री टेकबहादुर गुरुङले गरेका थिए । कमदारहरूको ‘मेडिकल’ गरेबापतको कमिसन आरजुले नियमित बुझ्दै आएको सम्बद्ध व्यवसायीहरूको भनाइ छ ।

सिन्डिकेट खडा गर्ने र चर्को रकम असुल गर्ने कामको थालनी देउवापत्नी आरजु राणाको इच्छा र निर्देशनअनुरूप तात्कालिक श्रममन्त्री टेकबहादुर गुरुङले गरेका थिए । कमदारहरूको ‘मेडिकल’ गरेबापतको कमिसन आरजु राणाले नियमित बुझ्दै आएको सम्बद्ध व्यवसायीहरूको भनाइ छ । कमिसनको रकम कैलाश खड्कामार्फत आरजुले बुझ्ने गरेको बताइन्छ ।

मलेसिया सरकारले अहिलेसम्म नेपालका श्रममन्त्रीको भनाइ र भावनाप्रति उदासीनता देखाउँदै आएको छ । मलेसियाले स्वास्थ्य परीक्षण, फिङ्गर प्रिन्ट र भिसा प्रोसेसिङको व्यवस्था गर्नुपर्ने नीति मात्र लिएको छैन, नेपालमा कुन-कुन कम्पनीमार्फत ‘ती’ काम गर्ने भन्ने ‘निर्णय’समेत उसैले गरेबमोजिम सिन्डिकेट खडा गरेर काम हुँदै आएको थियो ।

मलेसियाले तोकिदिएका ३९ कम्पनीहरूले मात्र कामदारहरूको स्वास्थ्य परीक्षण रिपोर्ट उपलब्ध गराउने गरेको र उनीहरूले प्रतिकामदार चार हजार पाँच सय (४,५००।-) रुपैयाँ असुल गर्दै आएका थिए । पहिले स्वास्थ्य परीक्षण रिपोर्टबापत प्रतिव्यक्ति दुई हजार ६ सय (२६००) रुपैयाँ निर्धारण भएकोमा उनीहरूले त्यसलाई बढाएर रु. ४,५००।-पुऱ्याएका हुन् ।

यसरी सिन्डिकेट खडा गर्ने र चर्को रकम असुल गर्ने कामको थालनी देउवापत्नी आरजु राणाको इच्छा र निर्देशनअनुरूप तत्कालिक श्रममन्त्री टेकबहादुर गुरुङले गरेका थिए । कमदारहरूको ‘मेडिकल’ गरेबापतको कमिसन आरजु राणाले नियमित बुझ्दै आएको सम्बद्ध व्यवसायीहरूको भनाइ छ । कमिसनको रकम कैलाश खड्कामार्फत आरजुले बुझ्ने गरेको बताइन्छ ।

त्यसैगरी ‘वन स्टक सेन्टर’ खडा गरी भीएलएन नामक कम्पनीले कामदारहरूको पासपोर्ट सङ्कलन गरी भिसा लगाउने र वितरण गर्नेसम्मको काम गर्दै आएको थियो । भीएलएनबाहेक अर्को कुनै कम्पनीलाई भिसा प्रोसेसिङको अधिकार नदिइएकोले प्रतिव्यक्ति सात हजार चार सय ७,४००।- रुपैयाँ असुलेर कामदारहरूलाई मलेसियाको भिसा उपलब्ध गराउने काम उक्त कम्पनीबाट हुँदै आएको थियो ।

निःशुल्क रूपमा वैदेशिक रोजगारीमा जाने पाइने व्यवस्था गरिए पनि यसरी सिन्डिकेट खडा गरी गरिब नेपाली युवाबाट चर्को रकम असुल्ने काम भइरहेको देखेपछि श्रममन्त्री विष्टले सिन्डिकेट र शोषणको अन्त्य गर्न लिएको अग्रसरताको सर्वत्र प्रशंसा भइरहेको छ ।

त्यस्तै जीएसजी नामक कम्पनीले चाहिँ प्रतिव्यक्ति रु। तीन हजार दुई सय लिएर फिङ्गर प्रिन्ट (औँलाछाप) को काम एकलौटी रूपमा गर्दै आएको थियो । निःशुल्क रूपमा वैदेशिक रोजगारीमा जाने पाइने व्यवस्था गरिए पनि यसरी सिन्डिकेट खडा गरी गरिब नेपाली युवाबाट चर्को रकम असुल्ने काम भइरहेको देखेपछि श्रममन्त्री विष्टले सिन्डिकेट र शोषणको अन्त्य गर्न लिएको अग्रसरताको सर्वत्र प्रशंसा भइरहेको छ ।

तर, नियमसम्मत ढङ्गले काम गरिरहेका व्यवसायीलाई पक्राउ गर्ने, मुद्दा चलाउने र थुनामा पठाउनेजस्ता काम मन्त्रीको अग्रसरतामा हुनुलाई चाहिँ आलोचनाको विषय मानिएको छ । मलेसियन सरकारको नीति र निर्णयअनुरूप नेपाल सरकारको स्वीकृत लिएर काम गर्ने व्यवसायीहरूलाई थुनामा पठाउने या मुद्दा चलाउनेभन्दा पनि मलेसिया सरकारसँग संवाद गरेर नीतिगत परिवर्तन गराउँदै सिन्डिकेट उन्मूलनका निम्ति सक्रिय हुनुपथ्र्यो भन्ने जानकारहरूको भनाइ छ ।

नियमसम्मत काम गरिरहेका व्यापारीहरूलाई सताइएकोमा मन्त्री विष्टको आलोचना पनि भइरहेको छ । देउवापत्नी आरजु राणाको मुख बन्द गर्दा हजारौँ बेरोजगार युवाको मलेसिया जाने बाटो बन्द भएको छ । यसतर्फ नेपाल सरकार अलिक गम्भीर बन्नुपर्ने देखिएको छ । यो समाचार घटना र विचार अनलाइनबाट लिएका हौं ।

कमेन्ट गर्नुहोस्