क्रिकेटको नयाँ तथ्यः ९२ प्रतिशतले मन पराउँछन् टी-२० ‘फर्म्याट’

एजेन्सी । क्रिकेट प्रतियोगिताको लोकप्रिय टी-२० ‘फर्म्याट’ ९२ प्रतिशतले रुचाउने गरेको एक नयाँ तथ्य फेला परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) द्धारा गरिएको एक सर्वेक्षणले यस्तो तथ्य फेला पारेको हो ।

आइसीसीले क्रिकेटको विकास कसरी भयो भन्ने तथ्य पत्ता लगाउने क्रममा अहिले सबैभन्दा बढि टी-२० प्रतियोगिता रुचाइने गरेको सर्वेक्षण फेला पारेको हो । यो सर्वेक्षणले क्रिकेटको आगामी विकासका लागि मद्दत पुर्याउने आइसीसीले विश्वास लिएको छ । यो सर्वेक्षणमा आइसीसीका १२ सदस्य राष्ट्रबाहेक चीन र अमेरिका पनि सामेल थिए ।

याे पनि पढ्नुस  आयरल्याण्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पहिलो ओभरमै सन्दीपले लिए विकेट

आइसीसीले १६ देखि ६९ उमेर समूहका नागरिकलाई यो सर्वेक्षणमा राखेको थियो । जसमा क्रिकेटलाई चाहने व्यक्तिको औषत उमेर ३४ रहेको बताइएको छ ।

यस्तै, आइसीसीले ८८ प्रतिशत क्रिकेट समर्थकले एक दिवसीय प्रतियोगिता मन मराउने गरेको तथ्य पनि निकालेको छ । ८७ प्रतिशत नागरिकले टी-२० प्रतियोगितालाई ओलम्पिक खेलमा समावेश गर्नुपर्ने आग्रहसमेत गरेका छन् ।

याे पनि पढ्नुस  टी–२० सिरिजः ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

९५ प्रतिशत क्रिकेट समर्थक अहिले पनि ५० ओभरको विश्वकप र टी-२० विश्वकप मन पराउँछन् । यो सर्वेक्षण यसै हप्ताको अन्त्यमा भइरहेको आइसीसीको वार्षिक सम्मेलनमा सार्वजनिक हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै, आइसीसीले ७० प्रतिशत नागरिक टेस्ट क्रिकेट रुचाउने गरेको सर्वेक्षण पनि प्रस्तुत गरेको छ । साथै, उसले ६८ प्रतिशत महिला क्रिकेटमा रुचि राख्ने गरेको बताएको छ । ६५ प्रतिशत महिला विश्वकपमा रुचिकपमा रुचि राख्ने गरेका छन् । यस्तै, ७० प्रतिशत प्रशंसकको माग महिला क्रिकेट अत्यधिक प्रसारण होस् भन्ने छ ।

याे पनि पढ्नुस  टी–२० सिरिजः ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल (LIVE)

टी-२० प्रतियोगिता सुरु भएपछि टेस्ट क्रिकेट खतम हुन्छ भन्ने अनुमान थियो । तर आइसीसीको सर्वेले भने उक्त अनुमान गलत सावित गरेको छ । सर्वेक्षणमा सहभागि १९ हजार नागरिकले ७० प्रतिशत टेस्ट क्रिकेटमा रुचि राखेका थिए । अहिले संसारभर एक अर्ब बढि क्रिकेट समर्थक रहेका विभिन्न तथ्यांकले देखाएको छ ।

कमेन्ट गर्नुहोस्