मेक्सिको र स्वीडेनबीचको खेल शुरु, कसले मार्ला बाजी ?

मस्को । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा मेक्सिको र स्वीडेनबीचको खेल शुरु भएको छ ।

नेपाली समय अनुसार खेल इक्टेरिनबर्ग एरिनामा ७.४५ बजेबाट शुरु भएको छ । समूह ‘एफ’ को जित हात पार्दै मेक्सिको समूह विजेता बन्ने लक्ष्यमा मैदानमा उत्रिएको छ । यसअघिको दुबै खेलमा जित हात पारेको मेक्सिको समूहको अन्तिम खेलमा पनि जित हात पार्ने दाउँमा छ ।

यता, स्वीडेन पनि मेक्सिकोलाई पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छ । यसअघि समूह चरणको दुई खेलमा मेक्सिको जित हात पार्दै ६ अंक बनाएको छ ।

दुई खेलमध्ये १ खेलमा जित र एक खेलमा हार ब्यहोरेको स्वीडेनको ३ अंक रहेको छ । मेक्सिको र स्वीडेनको यसअघि ९ खेलमा भेट भएको छ । जसमा ४ खेल स्वीडेनले जितेको छ । मेक्सिकोले २ खेल जितेको छ भने ३ खेलमा मेक्सिको र स्वीडेनले बराबरी खेलेका छन् ।

कमेन्ट गर्नुहोस्