निगमको पहिलो वाइडबडी विमान काठमाडौंमा अवतरण, पूजा गरी स्वागत (फोटोफिचर)

काठमाडौं, असार १४ । नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी विमान काठमाडौं ल्याई पुर्याएको छ । एयरबसको ‘ए ३३०–२००’ सिरिज नामको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ ।

नयाँ विमानको नाम ‘अन्नपूर्ण’ नाम राखिएको छ । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । त्रिभुवन विमानस्थलमा विमानलाई पानीको फोहोरासमेत दिएर स्वागत गरिएको छ ।

याे पनि पढ्नुस  निगमको वाइडबडी विमान ‘अन्नपूर्ण’ असार १४ मा आइपुग्ने, यस्तो छ तयारी

 

विमान फ्रान्सको तुलुजुबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको नेपाल वायु सेवा निगमले जनाएको छ । दुईवटा खरिद गरिएको मध्ये दोस्रो विमान डेढ महिना पछि आउने निगमले जानकारी दिएको छ ।

नयाँ जहाजमा सांग्रिला क्लासका १८ र साधारण क्लासका २ सय ५६ सिट रहेका छन् । अन्नपूर्णले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए ।

याे पनि पढ्नुस  पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानको व्यवसायिक उडान बुधबार दोहा

नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानको पूजा–आजासमेत गरिएको छ ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात करीब २२ अर्ब रूपैयाँ छ ।

याे पनि पढ्नुस  निगमको वाइडबडी विमान ‘अन्नपूर्ण’ असार १४ मा आइपुग्ने, यस्तो छ तयारी

त्यसका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको छ ।

 

 

 

कमेन्ट गर्नुहोस्