यी हुन आजको मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं, असार १४ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको अघिल्लो साता सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण नेपालको हितमा हुने गरी सफल भएको निष्कर्ष निकालेको हो।

याे पनि पढ्नुस  सरकार आज प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्दै, यी हुन सम्भावित नाम

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको चीन भ्रमण नेपालका पक्षमा काम हुने गरी सफल भएको निष्कर्ष मन्त्रिपरिषदले निकालेको जानकारी दिए।

त्यस्तै बैठकले नेपाल र बंगलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्न स्वीकृति पनि प्रदान गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  यी हुन्, मन्त्रिपरिषद् बैठकले गरेका ९ निर्णय

मन्त्रिपरिषद बैठकले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता पनि स्वीकृत गरेको छ। यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने पनि सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए।

बीमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका पनि बैठकले स्वीकृत गरेको छ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय

त्यस्तै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

कमेन्ट गर्नुहोस्