चीनले निर्माण गर्यो ३१ फुटबल मैदान बराबरको स्टील छत !

चीनले पहिलो पटक एयरपोर्टको टर्मिनलमा स्टीलको छत बनाएको छ । उसले सेन्जाङ प्रान्तको किङ्जाओ शहर स्थित एअरपोर्टको टर्मिनलमा स्टीलको छत बनाएको हो । छत बनाउनका लागि लागत हेर्ने हो भने निकै अचम्मीत हुने किसिमको छ । टर्मिनलको छत निर्माण गर्नका लागि ६ बिलियन डलर अथात् ४१ करोड रुपैयाँ खर्च भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

निर्माण भएको छतको क्षेत्रफल २ लाख २० हजार वर्गमिटर छ । यो क्षेत्रफल फुटबलका ३१ मैदान बराबर हुन आउँछ । तटीय क्षेत्रमा रहेका एअरपोर्टमा मौसमबाट हुन सक्ने क्षती रोक्न स्टीलको छत निर्माण गरेको हो ।

छत निर्माण भएको किङ्जाओ एक तटिय शहर हो । ०.५ मिटी बाक्लो चाँदरबाट बनेको यो छतले तेज हावा, वर्षा र समुन्द्र किनारबाट हुनसक्ने क्षती रोक्न सक्ने चिनीयाँ सञ्चारमाध्यमले लेखेका छन् ।

यो छतले ६० मिटर प्रति सेकेण्ड तेजमा आउने हावालाई पनि सजिलै छेक्न सक्ने जिआआदोङ अन्तर्राष्ट्रिय विमानस्थलका प्रोजेक्ट म्यानेजर काइ वाङले बताए । छतलाई ४० लाख बढि स्कू्रले कसेको उनले बताए ।

छत आल्मुनियम, म्याग्निसियम र म्याग्निजको मिश्रण धाँतुबाट बनाएको प्राजेक्ट म्यानेजर वाङले जानकारी दिए । यो छत आउँदो वर्षदेखि चालू गर्ने बताइएको छ । यहाँबाट सन् २०२५सम्म ३ करोड ५० लाख यात्रु र ५ लाख टन कार्गो आउने सम्भावना छ । -एजेन्सी 

कमेन्ट गर्नुहोस्