Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महानिरीक्षक खनाल भन्छन्,-‘सुन काण्ड अनुसन्धानबारे बोल्न मिल्दैन’

काठमाडौं, असार १४ । प्रहरी महानिरीक्षक सवेन्द्र खनालले संगठित सुन तस्करीमाथि सरकारले गठन गरेको विशेष समितिले केही उच्चपदस्थ प्रहरीमाथि अनुसन्धान गरिहेका विषयमा बोल्न नमिल्ने बताएका छन् ।

प्रहरी प्रदान कार्यालय विहीबार आफ्नो कार्यप्रगति सार्वजनिक गर्दै खनालले आफू नियुक्त हुनुअघि गठित समितिको कामकारबाहीबारे टिप्पणी गर्ने कानुनी आधार नभएको बताए ।

उनले भने, सरकारले गठन गरेको विशेष प्रकृतिको अनुसन्धान समितिले गरेको काम प्रश्न उठाउने विषय होइन ।

सनम शाक्यमाथि हत्या र संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सहसहसचिव इश्वरीप्रसाद पोडेलको संयोजकत्वमा समिति गठन गरेपछि उच्च प्रहरी अधिकारी पक्राउ परेका थिए । -कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: