सरकारको समीक्षा गर्ने बेला भएको छैन : थापा

नेपालगञ्ज, असार १५ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“सरकार गठन भएको धेरै भएको छैन, केही राम्रा कामको शुरुवात सरकारले गरेकाले नकारात्मक टिप्पणी गर्नुपर्ने कुनै कारण देखिदैन ।”

याे पनि पढ्नुस  राणाविरुद्ध कमल थापा सर्वाेच्चमा जाने

अध्यक्ष थापाले सिद्धान्त नमिल्नेसँग आफ्नो पार्टीको एकता नहुने बताउँदै आफ्नाे दलले राप्रपा प्रजातान्त्रिकसँग एकता प्रक्रिया पुनःअघि बढाएको छ भन्नुभयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले निर्वाचनमा पराजय व्यहोरेपछि आफ्नो पार्टी अहिले संगठन विस्तार, जनपरिचालन, भ्रष्टाचार विरुद्ध भण्डाफोर अभियानमा सक्रिय रहेको बताउनुभयो ।

याे पनि पढ्नुस  सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्तः अध्यक्ष थापा

कमेन्ट गर्नुहोस्