निरंकुशताविरुद्ध कहिले भूमिगत त कहिले खुला लडाई गर्नुपर्यो : सभामुख महरा

काठमाडौं, असार १६ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले निरंकुशताविरुद्ध कहिले भूमिगत त कहिले खुला लडाई गर्नुपरेको बताउँदै त्यसमा संसदीय व्यवस्था अभिन्न रुपले जोडिएको बताउनुभएको छ ।

६०औं संसद दिवसको अवसरमा पूर्व सांसद मञ्च नेपालले संसद भवन वानेश्वरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताउनुभएको हो ।

‘लोकतन्त्र प्राप्तिको लडाईंमा नेपालको संसदीय व्यवस्था अभिन्नरुपले जोडिएको छ, सभामुख महराले भन्नुभयो, ‘कहिले हामीले हाम्रा अधिकारहरु गुमाएका छौं, कहिले संघर्ष गरेर प्राप्त गरेका छौं । निरंकुशतासँग लड्दा कहिले भूमिगत त कहिले खुला आन्दोलन पनि गर्नुपरेको छ ।’

याे पनि पढ्नुस  सातवटै प्रदेशमा सुविधासम्पन्न प्राकृतिक चिकित्सालय स्थापना गर्न माग

नयाँ संविधानले संघीय संसदको परिकल्पना गरेको भन्दै सभामुख महराले संघीय संसदको पहिलो प्राथमिकतामा कानून निर्माण रहेको बताउनुभयो ।

‘अहिले संसदको मुख्य प्राथमिकता भनेको विभिन्न कानूनहरु निर्माण गर्नु रहेको छ, पूर्वसांसदहरुर्ला सम्बोधन गर्दै सभामुख महराले भन्नुभयो, कानून निर्माणमा तपाईंहरुको सल्लाह, सुझाव र सहयोग जरुरी छ ।’


राज्यलाई जनताप्रति उत्तरदायी बनाउने र जनताको आवाज राज्यलाई सुनाउने काम संसदकै भएको बताउँदै सभामुख महराले संसदभित्र प्रतिनिधित्व नगर्ने दलको पनि आवाज अभिव्यक्त हुनुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

याे पनि पढ्नुस  संसदलाई प्रभावकारी र व्यवस्थित बनाउन सभामुख महराले सार्वजनिक गरे कार्यतालिका

२०१६ र ४६ सालको भन्दा राजनीतिक र सामाजिक विकासको हिसाबले फरक संसदीय अभ्यासमा रहेको भन्दै सभामुख महराले यहाँसम्म आइपुग्न विगतका गौरवपूर्ण संघर्षको देन रहेको बताउनुभयो ।

पटक–पटक लोकतन्त्र गुमाउनु परेको इतिहास फेरि पनि नदोहोरियोस् भन्नेमा आफूहरु सचेत रहेको भन्दै सभामुख महराले संसदलाई थप बलियो, प्रभावकारी र गतिशील बनाउन पूर्वसांसदहरुको अनुभव र ज्ञान आवश्यक रहेको बताउनुभयो ।

याे पनि पढ्नुस  राष्ट्रिय योजना बनाउन पुस्तक बहुउपयोगी : सभामुख महरा

पूर्वसांसदहरु पनि संसदकै अभिन्न अंगको रुपमा रहेको भन्दै सभामुख महराले नीति निर्माण, राज्यलाई जनताप्रति उत्तरदायी बनाउन र संसदमा जनताका आवाज अभिव्यक्त हुने वातावरण बनाउने काममा सक्रिय सहयोग र सहभागिता जनाउन पूर्वसांसदहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सभामुख महराले पूर्वसांसद मञ्च नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्