कृषि इन्जिनियरको भूमिका महत्त्वपूर्ण : राज्यमन्त्री चौधरी

धरान, असार १६ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम कुमारी चौधरीले कृषि क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकरण गर्न कृषि ईन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

कृषि इन्जिनियर पढाइ हुने पुर्वाञ्चलमा रहेको एक मात्रै कृषि इन्जिनियरिङ बिभागद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री चौधरीले सो कुरा बताउनु भयो ।

याे पनि पढ्नुस  गोरु काटिरहेकाे अवस्थामा दश जना पक्राउ

अबको कृषि क्रान्तिमा कृषि इन्जिनियरको भूमिका अग्र मोर्चामा हुने उहाँको भनाइ छ । पुरानो कृषि औजारको ठाउँमा आधुनिक औजारहरुको निर्माण र विकास गर्नुपर्ने उहाँको भनाई छ ।

ईन्जिनियरहरुले नेपाली मोडलको नयाँ सोचको विकास गर्नु पर्ने बताउदै त्यसका लागि सरकारले यथोचित सहयोग गर्ने राज्यमन्त्री चौधरीको भनाइ छ ।

याे पनि पढ्नुस  ‘मिस नेपाल आइडल २०१८’ को ताज मेरिनालार्इ

अखिल र अखिल क्रान्तिकारी इन्जिनियरिङ ईकाइका विद्यार्थीहरुको समन्वयमा आयोजित कार्यक्रममा डिपुटी कोर्डिनेटर समीर शाक्यले कृषि इन्जिनियरको महत्त्वको बारेमा धारण राख्नु भएको थियो । साथै कलेजमा रहेका समस्याहरु बारेमा ज्ञापनपत्र बुझाएका थिए ।

सो अवसरमा राज्यमन्त्री चौधरीले कृषि ल्याब निरीक्षणका साथै बृक्षारोपन पनि गर्नु भएको थियो । उक्त कार्यक्रममा १ नं प्रदेश सांसद कुसुम श्रेष्ठ र उमिता बराईलीको पनि उपस्थित रहेको थियो ।

याे पनि पढ्नुस  गुण्डागर्दीको आरोपमा तरुण दलका सभापति गुरुङ पक्राउ

कमेन्ट गर्नुहोस्