पिर्काले हानेर श्रीमानको हत्या

चितवन, असार १६ । माडीमा शनिबार दिउँसो श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् ।

माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

याे पनि पढ्नुस  नक्कली जग्गाधनी बन्दा प्रहरी फन्दामा

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यका अनुसार खाना खाने समयमा सामान्य विवादपछि श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमानको हत्या गरेकी थिइन् ।

श्रीमानको हत्यापछि कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्