डुंगा दुर्घटनामा एक सय आप्रवासीको मृत्यु

एजेन्सी । लिबियामा एक सयभन्दा बढी आप्रवासी सवार डुंगा डुबेको छ। घटनामा कम्तिमा एक सय जनाको मृत्यु भएको आशंका गरिएको छ। समाचार एजेन्सी सिन्ह्वाका अनुसार, लिबिया नौसेनाका प्रवक्ता अयूब कासेमले नौसेनाले तीन बच्चाको शव भेटेको र १६ जनालाई उद्धार गरेको बताएका छन्।

उनले डुंगा रबरको रहेको र क्षमताभन्दा बढी मानिस चढेकाले डुबेको बताएका छन्। डुंगा दुर्घटनाबाट उद्धार गरिएका एक पीडितका अनुसार, डुंगामा अफ्रिका र अरब देशका करिब एक सय २५ जना सवार थिए।

कमेन्ट गर्नुहोस्