चन्द्रागिरिका स्थानीयले यसरी मनाए राष्ट्रिय धान दिवस

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय धान दिवसको उपलक्ष्यमा विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्दै गर्दा राजधानीको चन्द्रागिरिमा भने फरक तरिकाले धान दिवस मनाईएको छ ।

काठमाडौंको मुख्य नाका जोड्ने सडकखण्ड अन्तर्गत चन्द्रागिरि १२ गुर्जुधारामा स्थानीय सहभागी भएर स्थानीयबासी र केही युवाहरूको अगुवाईमा सडकमै धान रोपेर आन्दोलन गरेका हुन ।

सांकेतिकरूपमा सरकारलाई सडक निर्माण गर्न नसकेको प्रति विरोध गर्दै युवाहरुको एक समूहले सडकमै धान रोपेर सरकारमाथि प्रश्न खडा गरिदिएका छन् ।

अहिले काठमाडौंका धेरैजसो सडकहरुमा धान रोप्ने खेतका फाँटहरु बनेका छन् । युवाहरुले धुलो काठमाडौंलाई अब हरियाली बनाउन पनि धान रोपाई गर्न आवश्यक रहेका बताएका थिए ।

चन्द्रागिरिका स्थानिय रामनारायण घिमिरेले निर्माण कार्य तीन वर्ष बितिसक्दा पनि सडक निर्माण नहुँदा धुवा धुलोको सास्ती खेपिरहनुपरेको कारण उक्त सडकमा धान रोपाई गर्न बाध्य भएको बताए ।

राष्ट्रिय धान दिवसको अवसर पारेर उनीहरुले सडकको वर्षौं बितिसक्दा पनि सडक निर्माण कार्यमा दिलाई तथा धुवाधुलोले आक्रान्त बनेपछि उनीहरूले व्यङग्यात्मक धान रोपाई आयोजना गरेका हुन् ।

पटक–पटक आन्दोलन गर्दा पनि सडक नबनेपछि र धुवाधुलोले आक्रान्त बनेपछि ठेकेदार र सरकारलाई ध्यानाकर्षण गराउन उनीहरुले सडकै धान रोपेर सांकेतिक विरोध जनाएका हुन् ।

पानी परे हिलो, घाम लागे धुलो हुने गरेको र अत्याधिक धुलोको कारण जनस्वास्थ्यमा असर पर्दै गएपछि केही स्थानीयहरु आक्रोशित बन्दै आइरहेका छन्।

नागढुङ्गादेखि कंलकीसम्म चालकलाई सडकमा सवारी साधन चलाउन सडकको अवस्थाको कारण एकदेखि दुई घण्टा पार गर्ने लाग्ने गरेको छ ।

आन्दोलनका अगुवा उत्तम कार्कीले वर्षायाम शुरु भएसँगै त्यस सडकको दुर्दशा हुन थालेपनि र सडक निर्माणको जिम्मा पाएको सैलुङ्ग कन्टक्सनले विभिन्न कारण देखाई जनताको जनस्वास्थ्य माथि खेलवाड गरेको प्रति आफुहरूले विरोध गर्ने बाध्य भएको बताए ।

सो सडकखण्डबाट दैनिक हजारौंले यात्रा गर्ने हुँदा सास्ती व्यहोर्दै आईरहेका छन् । सडकमा धान रोपिसकेपछि उनीहरुले सामूहिक दही–चिउरा खाएका थिए ।

कमेन्ट गर्नुहोस्