प्रचण्ड आज स्वदेश फिर्ता हुँदै, सीता दाहालको स्वास्थ्यमा सुधार

काठमाडौं, असार १७ । नेकपाका अध्यक्ष प्रचण्ड आज सिंगापुरबाट नेपाल फर्किनु हुने भएको छ । पत्नी सीता दाहालको उपचारका लागि दुई हप्ता अघि सिंगापुर जानु भएका उहाँ आज स्वेदश फर्किनु लाग्नु भएको हो । प्रचण्ड असार ३ मा पत्नी सीताको उपचारका लागि सिंगापुर जानु भएको थियो ।

सीताको स्वास्थ्यमा सुधार आएकाले आज नै प्रचण्ड नेपाल फर्किन लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ । वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बताएको छ ।

चिकित्सकको सल्लाहले सीताको थप उपचारका लागि प्रचण्ड सिंगापुर जानु भएको थियो । चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएका थिए ।

केही दिन सिंगापुरमा रहने भनिएपनि प्रचण्डको बसाई लम्बिएको थियो । यसअघि प्रचण्ड ८ असारमा फर्किने बताइएको थियो । यस अघि सीताको उपचार केही महिना अगाडि दिल्लीमा भएको थियो । पछिल्लो समय सीताको आँखामा पनि समस्या देखिएको थियो । कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो ।

सीता दाहालको स्वास्थ्यमा सुधार, एक सातापछि प्रचण्ड पत्नीसँगै स्वदेश फर्कने

कमेन्ट गर्नुहोस्