एकै घरमा ११ जनाको शव फेला

एजेन्सी । भारतको उत्तर दिल्लीको एक इलाकामा एकैसाथ ७ महिलासहित ११ जनाको शव फेला परेको छ । दिल्ली स्थित सन्तनगरको गुरुगोविन्द सिंह हस्पिटल नजिकको २ नम्बर गल्लीमा ११ व्यक्तिको शव फेला परेको हो । घटनामा १० जनाको शव आँखामा पट्टी बाँधेको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भातीय अनलाइन नवभारत टाइमस्का अनुसार, अधिकांश व्यक्तिको शव हात, खुट्टा बाँधिएको र केहीको मुखमा पट्टी बाँधिएको अवस्था फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार घटना सामूहिक आत्महत्या या हत्या भएको भन्नेबारे तिव्र अनुसन्धान भइरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार, तत्काल हत्या तथा आत्म हत्या के भएको हो भन्नेबारे भन्न सकिने अवस्था छैन । अधिकांशले यति ठूलो संख्यामा शव फेला पर्नु आत्म हत्या हुन नसक्ने आंकलन गरेका छन् । सामूहिक हत्या नै भएको हुन सक्ने भारतीय अनलाइन नवभारत टाइम्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्