पाँच सय प्रहरी कारबाहीमा

बुटवल, असार १७ । प्रदेश नम्बर ५ मा करीब पाँच सय बढी प्रहरी आन्तरिक कारबाहीमा परेका छन् । उनीहरुमाथि संगठनको आचरण विपरित काम, निर्देशनको अवज्ञा, अवैध लेनदेन गरेका लगायतका आरोप लगाइएको छ ।

५ नं प्रदेश प्रहरी कार्यालयका अनुसार, चालु आर्थिक वर्षको साउन महिनायता एक डीएसपीसहित ४९८ प्रहरी कारबाहीमा परेका हुन् ।

उनीहरुलाई कसुर अनुसार घटुवा, ग्रेट रोक्का, तलब रोक्का, नसियतलगायतका कारबाही गरिएको बताइएको छ ।

कारबाहीमा सबैभन्दा धेरै दाङका ६१, रुपन्देहीका ५१, नवलपरासीका ४६, कपिलवस्तुका ४१, बाँकेका ३८, अर्घाखाँचीका ३०, बर्दियाका ३०, रोल्पाका १६, पाल्पाका ९, गुल्मीका ९ र रुकुमका ४ जना परेका छन् ।

कमेन्ट गर्नुहोस्