कारोबार सुरु भएको एकघण्टामा नेप्से ०.५७ प्रतिशत घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतवार कारोबार सुरु भएको एकघण्टामा नेप्से परिसूचक शून्य दशमलव ५७ प्रतिशत घटेको छ ।

शुरुको केही समय स्थिर रहेको बजार आधा घण्टापछि ओरालो लाग्न थालेको थियो । बजार १ घण्टाको व्यापारमा ६ दशमलव ८२ अङ्कले घटेर १ हजार १ सय ९१ दशमलव ७२ विन्दुमा पुगेको छ ।

यस व्यापार अवधिमा ८४ कम्पनीको ४ सय ६४ पटकको व्यापारमा रू। १ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।

बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत, ‘अन्य’ को शून्य दशमलव ७५, लघुवित्तको शून्य दशमलव ५२ र विकास बैङ्कको शून्य दशमलव ४१ प्रतिशत घटेको छ ।

साथै, बीमा समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव १४ र जलविद्युतको शून्य दशमलव शून्य ७ प्रतिशत घटेको हो ।

अार्थिक कारोबार दैनिकबाट

कमेन्ट गर्नुहोस्