सिद्धार्थ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन तथा बिक्री खुला

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको निष्कासन तथा बिक्री आइतबारदेखि खुला भएको छ ।

कम्पनीले १० बराबर ३ दशमलव ५ अनुपातमा रू। १ सय अङ्कित दरको २२ लाख ४४ हजार ९ सय ७३ दशमलव ५० कित्ता हकप्रद शेयर जारी गर्ने छ ।

आवेदकले यो हकप्रद शेयरमा साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनएमबी क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सकिने छ ।

आर्थिकअभियानबाट

कमेन्ट गर्नुहोस्