बस दुर्घटनामा ४७ जनाको मृत्यु

नयाँदिल्ली, असार १७ । भारतको उत्तराखण्ड राज्यको पौडी गढवाल जिल्लामा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ ।

धूमाकोट तहसीलको नैनीडांडा क्षेत्रमा पर्ने पिपली भौन राजमार्गमा अन्तर्गत ग्वीन पुल नजिक आइतबार विहान गढवाल मोटर यूजर्सको बस दुर्घटना भएको हो ।

धूमाकोट के नायब तहसीलदार तीरथ सिंह नेगीका अनुसार बसमा ४५ यात्रीका घटनास्थलमै मृत्यु भएको हो । दुर्इ जनाको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

यता उत्तराखंडका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्

बसमा ५० भन्दा बढी यात्रु रहेका बताइएको छ । अन्य केही घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्