स्व. प्रकाश दाहालको स्मृतिमा खुला बक्सिङ प्रतियोगिता समापन हुँदै

काठमाडौं, असार १७ । स्व. प्रकाश दाहालको स्मृतिमा खुला बक्सिङ प्रतियोगिता आज सम्पन्न हुँदैे छ । समापन कार्यक्रमको प्रमुख अथिति स्वर्गीय दाहालकी पत्नी एवं खानेपानी मन्त्री बीना मगरले प्रतियोगिताका विजेतालाई पुररुकृत गर्ने कार्यक्रम रहेको छ ।

समापन कार्यक्रममा स्वर्गीय प्रकाश दाहालको स्मृतिमा एक मिनेट मौन धारण गरी अन्तिम चरणका खेल शुरु गरिएको कार्यक्रम संयोजक पवन अग्रवालले एभरेष्टदैनिकलाई बताए ।

नेपाल बक्सिङ संघको तत्वावधानमा अखिल नेपाल खेलकूद संघको आयोजनामा गएको असार १३ गतेदेखि प्रतियोगिता राजधानीको लैनचौरमा खेल शुरु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्व दाहाल नेपालको कम्युनिष्ट आन्दोलनमा होनहार युवा भएको बताए । ‘स्व दाहालको सपना समृद्ध नेपाल निर्माणको थियो, उक्त सपनालाई पूरा गर्न अहिले सरकार लागिरहेको छ’, उनले भने ।

विश्वभर लोकप्रिय खेलका रुपमा रहेको बक्सिङलाई नेपालमा पनि लोकप्रिय खेलका रुपमा लिइन्छ । प्रतियोगितामा २५ जिल्लाका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । जसमा पुरुषको १० समूह र महिलाको आठ समूह रहेको आयोजकले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहालको गएको २०७४ मंसिर ३ गते असामयिक निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्