नेविसंघद्वारा सरकारी गाडी तोडफोड

दाङ, असार १७ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ( नेविसंघ) ले दाङमा सरकारी गाडीमाथि तोडफोड गरेको छ।

आइतबार दाङको तुलसीपुरमा नेविसंगले तीनवटा सरकारी गाडीमाथि तोडफोड गरेको हो । गएको एक महिनादेखि चर्को मूल्यवृद्धि फिर्ताको माग नेविसंग आन्दोलनरत छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार नेविसंघका कार्यकर्ताले तुलसीपुरमा तीनवटा सरकारी गाडीमा तोडफोड गरेको बताए ।

अदुलाबाली अनुसन्धान केन्द्र सल्यानको बा २ झ ३०७० र जिल्ला प्राविधिक कार्यालय रुकुमको बा १ झ ८४२२ नम्वरको गाडीको सिसा तोडफोड गरेको प्रमुख सापकोटाले बताए ।

नेविसंघका विद्यार्थीले आन्तरिक राजस्व कार्यालय तुलसीपुरको एउटा मोटरसाइकल पनि तोडफोड गरेका छन् ।

कमेन्ट गर्नुहोस्