छोरीले बुवालाई म सनी लियोनी बन्न चाहान्छु भनेपछि (भिडियोसहित)

आफ्ना विवादित अभिव्यक्तिका कारण सधै चर्चामा आइरहने फिल्म निर्देशक रामगोपाल वर्मा उर्फ रामूले यसपटक फेरि एउटा यस्तो काम गरे जसले थापा पाएपछि तपाई आफै लज्जित हुनुहुन्छ ।

सरकार–३ फ्लप भएपछि रामू एकले एक वेब सीरीज लिएर आएका छन् । जुन हेरेपछि तपाई यस्तो महशुश गर्नु हुनुहुने छ कि अब सबै कुरा सकिएको छ ।
साथै हेर्नका लागि अब केही पनि बाँकी छैन भनी पूरै निरास हुनु हुनेछ ।

रामूले यूट्यूबमा ‘मेरी छोरी सनी लियोन बन्न चाहान्छिन’ (मेरी बेटी सनी लियोनी बनना चाहती है) सार्वजनिक गरेका छन् । यसमा एउटा केटी आफ्नो बुवाआमासँग सनी लियोन जस्तै बन्छु भनेर झगडा गर्छिन ।

१२ मिनेटको भिडियोमा उनले यो सबै कुरा देखाउने कोशिश गरेका छन् । यसमा त न सेंसर बोर्ड र अरु कसैको कैची चल्छ । जे छ त्यो सिधै आममानिसका बीचमा जस्ताको त्यस्तै सार्वजनिक हुन्छ । यसैका लागि रामूले यूट्यूब च्यानललाई माध्यम बनाएर मनमा लागेका सबै कुरा पोखे जुन कुरा उनी फिल्ममा अहिलेसम्म देखाउन पाएका थिएनन् ।

यो फिल्ममा एउटा केटीले आफ्ना आमाबुवासँग आफू सनी लियोनी बन्न इच्छा व्यक्त गरेको देखिन्छ । उनी समाजको रुढीवादी संस्कार र सोचबाट स्वतन्त्र र मुक्त हुन चाहान्छिन् ।

सर्ट फिल्ममा नैना गांगुलीको मुख्य भूमिका रहेको छ । नैनाको अभिनयमार्फत रामूले समाजको नाममा कसौथि जबरजस्ती आफ्नो इच्छा लाद्ने कुरा गलत भएको सन्देश दिन चाहेका छन् ।

कमेन्ट गर्नुहोस्