४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस, कयौं नागरिक डरले सडकमा आए

भारतमा आज भूकम्प गएको छ । हरियाणाको सोनीपत केन्द्रविन्दु बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको हो । राजधानी दिल्लीसहित मुलुकभर भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ३ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको समाचार एजेन्सी एएनआइले जनाएको छ ।

भूकम्प आउँदा अधिकांश व्यक्ति डरले घरबाट भागाभग भएर सडकमा आएका छन् । भारतको सोनीपत, झज्जर, रोहत, नारनौल भन्ने ठाउँका स्थानीय सबैभन्दा बढि भूकम्पले डराएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको महसुस धेरै ठाउँ भए पनि अहिलेसम्म भौतिक तथा मानविय क्षती भएकोबारे कुनै विवरण प्राप्त नभएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्