मध्यपश्चिमाञ्चल विश्वविद्यालयका डिन र क्याम्पस प्रमुख निलम्बित

सुर्खेत, असार १७ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन र केन्द्रीय क्याम्पस प्रमुखलाई निलम्बन गरिएको छ ।

विश्वविद्यालयको ‘सांगठनिक तथा शैक्षिक प्रशासनीक नियमावली’अनुसार डिन वीरेन्द्र खड्का र क्याम्पस प्रमुख विवेककुमार पण्डितलाई निलम्बन गरिएको जनाइएको छ ।

संकायको भर्ना तथा परीक्षा सञ्चालनमा चरम लापरबाही गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको विश्वविद्यालयले जनाएको छ। डिन खड्का र प्रमुख पण्डितमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

नयाँ व्यवस्था हुँदासम्मका लागि इन्जिनियर सोनालाल यादवलाई केन्द्रीय क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्