क्यानडा लीगमा सन्दीप महंगा सावित

काठमाडौं । क्यानेडीयन ग्लोबल टी—२० क्यानडा लीग क्रिकेटमा सन्दीप लामिछानेको टिम मोन्ट्रियल टाइगर्स विन्डिज बिसँग २ विकेटले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा मोन्ट्रियलले दिएको १८४ रनको लक्ष्य पछ्याएको विन्डिजले १९.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । विन्डजका लागि निकोलस पुरानले ५८ र ब्रान्डन किङले ५६ रन बनाए ।

बलिङतर्फ मोन्ट्रियलका लासिथ मालिंगा र पिटर सिडलले समान २–२ विकेट लिए । मोन्ट्रियलका लागि ४ ओभर बलिङ गरेका नेपालका सन्दीप लामिछाने ५७ रन दिएर एक विकेट लिए । टोलीका लागि उनी महंगा सावित भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मोन्ट्रियलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । मोन्ट्रियलका लागि सिकन्दर राजाले ४७ र सुनिल नारिनेले २८ रन बनाएका थिए ।

कमेन्ट गर्नुहोस्