प्रकाश दाहाल स्मृति खुला बक्सिङ प्रतियोगिता सम्पन्न, ५४ जना खेलाडी पुरस्कृत

काठमाडौं, असार १७ । स्व. प्रकाश दाहालको स्मृतिमा खुला बक्सिङ प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

विभिन्न तौल समूहका स्पर्धामा गरी जम्मा ५४ जना पुरस्कृत भएका छन् । जसमा २७ जना महिला र २७ जना पुरुष प्रथम, द्वितिय र तृतीय भएका छन् । सबै विजेतालाई पुरस्कार वितरण गरि प्रतियोगिता औपचारिक रुपमा समापन भएको छ ।

पुरस्कृत खेलाडीका नाम यसप्रकार छन:

 

समापन कार्यक्रमको प्रमुख अथिति स्वर्गीय दाहालकी पत्नी एवं खानेपानी मन्त्री बीना मगर सो कार्यक्रममा सहभागी हुनु भएको थियो ।

समापन कार्यक्रममा स्वर्गीय प्रकाश दाहालको स्मृतिमा एक मिनेट मौन धारण गरी अन्तिम चरणका खेल शुरु गरिएको कार्यक्रम संयोजक पवन अग्रवालले एभरेष्टदैनिकलाई बताए ।

नेपाल बक्सिङ संघको तत्वावधानमा अखिल नेपाल खेलकूद संघको आयोजनामा गएको असार १३ गतेदेखि प्रतियोगिता राजधानीको लैनचौरमा खेल शुरु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहालको गएको २०७४ मंसिर ३ गते असामयिक निधन भएको थियो

 

कमेन्ट गर्नुहोस्