आयोजक रसिया र स्पेनबीचको खेल शुरु

काठमाडौं, असार १७ । रसियमा जारी २१ औं संस्करणको विश्वकप फूटबल अन्तर्गत अहिले आयोजक रसिया र स्पेनबीचको नकआउट चरणको तेस्रो खेल शुरु भएको छ ।

स्पेन समूह बीको विजेता तथा रुस समूह एको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका हुन् ।

याे पनि पढ्नुस  स्पेनलाई हराएपछि रुसभरि खुशीयाली

समूह चरणका शुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको रुप तेस्रो खेलमा उरुग्वेसँग भने ३–० पराजित भएको थियो ।

उता स्पेन २ खेलमा र एक जीतसहित निकाल्दै समूह विजेता बनेको हो । उसले पोर्चुगलसँग ३–३ र मोरक्कोसँग २–२ गोलको बराबरी खेल्दा इरानलाई १–० ले पराजित गरेको थियो । स्पेन पछिल्लो २३ खेलमा अपराजित छ ।

कमेन्ट गर्नुहोस्