खाडीमा काम गर्न नेपालीका समस्या बारे गृहमन्त्री लाई ध्यानाकर्षण

काठमाडौं। कतारमा रोजगारी सङ्गै मजदुर हक हितमा आवाज उठाउदै आएका बिबि खरालले खाडिमा नेपालीले भोग्नुपरेको समस्या बारे गृहमन्त्री राम बहादुर थापा बादल लाई ध्यानाकर्षण गराएका छन।

आइतबार गृहमन्त्रालय पुगेका खरालले मलेशिया ,साउदी ,कतार युएई लगायतका खाडी देशमा काम गर्न नेपाली हरु नेपाली बाटै ठगिनु र बेचिनु परेको गुनासो राख्दै मानव तस्करी जस्तो जघन्य अपराध गर्न हरुलाइ कडा कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन ।


भेटमा गृहमन्त्री थापाले वैदेशिक रोजगारीमा जादा ठगिएका ,बेचिएका र पारिश्रमिक नपाएका कामदारले गृहमन्त्रालयको इमेल मार्फत सिधै आफ्नो समस्या राख्न सक्ने र त्यस्ता उजुरी आयमा अलपत्र पार्न मेनपावर एजेन्सी र एजेन्ट लाई तत्काल कारबाही गर्न प्रतिबद्धता व्यक्त गरेका छन।

लामो समय देखि कतारमा कार्यरत रहि हाल बिदामा नेपाल पुगेका खरालले कतारमा कार्यरत नेपाली माथी भै रहेको श्रम शोषण र आजाद भिसाको नाममा ठगिएका नेपाली हरुको समस्या बारे गृहमन्त्री थापा लाई ध्यानाकर्षण गराउदै समस्या समाधानको लागि पहल गरिदिन अनुरोध समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्