काठमाडौं सुनखानी बन्दै, फेरी बरामत भयो ६ किलो सुन !

काठमाडौं, असार १८ । केही दिनयता काठमाडौंमा लगातार सुन बरामत हुन थालेको छ । काठमाडौं प्रहरीले सुन तस्करहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको केही घन्टामै आइतबार फेरि तस्करीको सुन बरामद गरेको हो।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार साँझ ६ किलो सुन बरामद गरेको छ। भारत तस्करी गर्न लागिएको ६ किलो सुन बरामद भएको र थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।

स्रोतका अनुसार थप गाडीमा पनि सुन रहेको आशंकामा प्रहरीले खानतालासी गरिरहेको छ। नागढुंगामा शनिबार ३ किलो सुन बरामद भएको थियो। जसमा संलग्न ५ जनालाई आइतबार सार्वजनिक गरिएको थियो।

कमेन्ट गर्नुहोस्