तीन ठाउँमा पहिरो, मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, असार १८ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तीन ठाउँमा पहिरो गएका कारण गाडीको आवतजावतमा अवरोध भएको छ । तर, ठूलो पहिरो नगएकाले एकतर्फी रुपमा गाडी चलिरहेको आयोजनाका सूचना अधिकारीले शिव खानलले जानकारी दिएका छन् । सडकखण्डको जलविरे तथा चारकिलोका दुई ठाउँमा सोमबार बिहानै पहिरो गएको हो ।

याे पनि पढ्नुस  अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो सानो रहेको र अहिले पन्छाउने काम भइरहेको खनालले जानकारी दिए । तीन ठाउँमा पहिरो गएपछि ती ठाउँमा एकतर्फी रुपमा गाडी चलिरहेका छन् । पानी परिरहेकाले पहिरो जाने जोखिम भने रहेको र आफूहरु त्यसका लागि तयारी अवस्थामा बसेको उनले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  पहिरो जादा नारायणगढ-मुग्लिन सडक एकतर्फी

यस्तै पानी परेका कारण बाटो निर्माणको अन्तिम चरणको काम प्रभावित भएको छ । तर पहिरो रोक्नका लागि भिरमा भइरहेको रक नेटिङ्गको काम भने सकिन लागेको खानालले बताए ।

कमेन्ट गर्नुहोस्