यस्तो बन्यो चि मुसी चिको ट्रेलर

काठमाडौं, असार १८ । आगामी साउन ११ गतेदेखि एकैसाथ नेपालभर प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘चि मुसी चि’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा अभिनेताद्वय सुनिल क्षेत्री र सुशान्त कार्कीको टक्कर देखाइएको छ । तर, अभिनेत्री अलिशा शर्माको भूमिकाबारे ट्रेलरमा खास केही देखाइएको छ ।

चि मुसी चि अभिनेता सुनिल र अभिनेत्री अलिशाको डेब्यू चलचित्र हो । यसलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता भने शिवराज कार्की हुन । चलचित्रको प्रस्तुतकर्ता भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

कमेन्ट गर्नुहोस्