बक्स अफिस रेसमा पछाडि पऱ्यो ‘रेस-३’, ‘संजू’ले गर्दै रेकर्ड कमाइ

बलिउड बक्स अफिसमा गत शुक्रवार देखि रणबीर कपूर अभिनित संजय दत्त बायोपिक ‘संजू’ले अन्धाधुन्द कमाइ गरिराखेको छ । यस चलचित्रको सप्ताहान्तको कमाइ १२०.६ करोड भारु कमाएर २०१८ को सर्वाधिक वीकएण्ड कलेक्सन गर्ने चलचित्र बन्न सफल भएको छ । कमाइकै कुरा गर्ने हो भने यो सप्ताहान्तमा सर्वाधिक कमाइ गर्ने ‘हिन्दी मात्र’ रिलिज चलचित्र पनि हो  ।

उसरी सर्वाधिक सप्ताहान्तको कमाइ ‘प्रेम रतन धन पायो’को नाममा रहेको छ  । उसले पाँच दिनको ‘एक्स्टेण्डेड’ सप्ताहान्तमा १८० करोड कमाएको थियो ।

यस अघि यस वर्षको सर्वाधिक सप्ताहान्तको कमाइको  रेकर्ड सलमान अभिनित चलचित्र ‘रेस-थ्री’को नाममा थियो । उसले पहिलो सप्ताहन्तमा १०३ करोड कमाएको थियो ।

‘रेस-थ्री’ले बक्स अफिसमा रेकर्ड व्यापार गर्ने आशा गरिएको थियो तर नकारात्मक समीक्षाका र औसत विषयवस्तुका कारण यस चलचित्रले एक हप्तामै सामान्य स्तरको कमाइमा झर्नु पऱ्यो ।

धेरैले ‘रेस-थ्री’को कमाइमा विश्वकप फुटबलको ग्रहण लागेको आकलन गरेको भए पनि नकआउट चरणका खेलहरुइउ सुरु भएका बेला रिलिज भएको ‘संजू’ले यसलाई गलत साबित गरिदिएको छ ।

तुलनात्मक रूपमा हेर्ने हो भने स्टारकास्ट, लगानी र जम्मा स्क्रीन काउन्टका हिसाबले ‘रेस-थ्री’ ‘संजू’ भन्दा अगाडि छ । कुल १५० करोडको लागतमा बनेको ‘रेस-थ्री’ भर्ता ४ हजार ५ सय र विदेशमा १ हजार गरी ५ हजार ५ सय स्क्रीनमा रिलिज भएको थियो । साथै यो एउटा मल्टीस्टारर एक्सन विधाको सिनेमा थियो । यसमा बलिउड बक्स अफिसका ‘सुल्तान’ मानिने दबंग सलमानको प्रमुख भूमिका रहेको थियो ।

त्यस्तै ‘रेस-थ्री’ इदको बिदामा रिलिज भएको थियो भने ‘संजू’ ‘नन-होलिडे रिलिज’ हो । तर सकारात्मक समीक्षात्मक टिप्पणी र दर्शकहरूको यस प्रतिको आकर्षणका कारण यस चलचित्रले बक्स अफिसमा उत्कृष्ट कमाइ गर्ने निश्चित छ ।

‘संजू’ भारतमा 4 हजार र विदेशमा १ हजार ३ सय गरेर ५ हजार ३ सय  स्क्रीनमा रिलिज भएको छ । यसको कुल लागत १ सय करोड रहेको थियो भने यसमा रणबिर कपूर लगायत मनीषा कोइराला, सोनम कपूर, अनुष्का शर्मा आदिको अभिनय रहेको छ ।

‘संजू’को निर्देशन राज कुमार हिरानीले गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्