लिभरपुलसँग सलाहको पाँच वर्षे नयाँ सम्झौता

इजिप्टका २६ वर्षीय मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलसँग पाँच वर्षे नयाँ सम्झौता गरेका छन् । लिभरपुलका फवार्ड सलाह अब सन २०२३ सम्म क्लबमा रहने छन्

सलाहले गत सिजन ५२ खेलमा ४४ गोल गरेका थिए । प्रीमियर लीगमा मात्र उनले ३२ गोल गरेर गोल्डेन बुट जितेका थिए ।

लिभरपुल गत सिजन प्रिमियर लिगमा चौथो स्थानमा रहृयो भने च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो ।

रियल म्याडिडसँगको उपाधि भिड्न्तमा चोटका कारण सलाह पुरै समय खेल्न पाएनन् ।

कमेन्ट गर्नुहोस्