गायिका शान्तिश्रीको ‘दशा’ तीज गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । यसवर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार जय देवकोटाको मार्मिक तीज गीत ‘दशा’ सार्वजनिक भएको हो ।

गीतमा देवकोटा र गायिका शान्तिश्री परियारले आवाज दिएका छन् ।

गायत्री थापाको रचना रहेको सो गीतमा गायक देवकोटाकै लय रहेको छ । चर्चाको शिखरमा रहेकी गायिका शान्तिश्री र लोकगीतमा छुट्टै पहिचान बनाउन सफल गायक देवकोटाको यस गीतलाई दर्शक श्र्रोताले निकै मन पराउने देखिन्छ ।

गीतमा सुरवीर पन्डित, रमा थपलिया, गायत्री थापा, जय देवकोटा र बाल कलाकार आदर्श बानियाको अभिनय छ । मदन खड्काको निर्देशनमा तयार भएको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् ।

तरंग डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई कर्ण सनज्यालले रेकर्ड गरेका हुन् ।

हेर्नुहोस तीजगीतको भिडियो–

https://youtu.be/dHI0TJgAed8?t=486

कमेन्ट गर्नुहोस्