मेक्सिकोमा वाम-विजय, लोपेज ओब्राडोर दोब्बर बढी मत ल्याएर बने राष्ट्रपति

मेक्सिको सिटी। नेसनल मुभमेन्ट पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका एन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले दक्षिण अमेरिकाको दोस्रो ठुलो अर्थतन्त्र भएको देश मेक्सिकोमा राष्ट्रपति पदको चुनाव जितेका छन् ।

मेक्सिकोको निर्वाचन आयोगले यस कुराको औपचारिक पुष्टि गरेको छ ।

त्यहाँको सत्तारूढ दल का आधिकारिक उम्मेदवार जोस एन्टोनियो मेडेले पराजय स्वीकार गरेका छन् ।

उनको दल ‘इंस्टीट्यूशनल रिभोल्युसनरी पार्टी (पीआरआई) गत शताब्दी देखि देशको सत्तामा रहेको छ ।

बिबिसीका अनुसार आइतबार भएको चुनावका लागि भएका प्रचारात्मक कार्यक्रम दशकौं यताकै सर्वाधिक प्रतिष्पर्धी रहेको थियो ।

यस दौरान १३० राजनैतिक उम्मेदवारहरू र कयौंको संख्यामा कार्यकर्ताहरूको ज्यान गएको थियो ।

समाचार एजेन्सी एफेका अनुसार निर्वाचन आयोगले निर्वाचन भइसकेपछि सार्वजनिक गरेको तथ्यांकमा लोपेजले ५३ प्रतिशतभन्दा पनि बढी भोट ल्याउने विश्वास गरिएको थियो ।

मेक्सिको, दक्षिण अमेरिकामा ब्राजिलपछिको दोश्रो ठूलो अर्थतन्त्र भएको देश र अमेरिकाको निकटतम छिमेकी राष्ट्र भएपनि उसको चर्चा भने लागूऔषधको तस्करी, भ्रष्टाचार, हिंसा, गरिबी र अमेरिकासँगको सम्बन्धले चर्चा बटुलेको देश ।

लोपेज ओब्राडोर उनको विजय मेक्सिकाको इतिहासमा तेश्रो क्रान्ति हुने भन्दै आएका छन् । अर्थात् सन् १८२१ को स्वतन्त्रता र १८५७–१८६० को सुधार आन्दोलनपछिको क्रान्ति । यसले मेक्सिकोको इतिहास बदल्ने उनको विश्वास गरेका छन् ।

उनले आफू विजयी भएपछि भ्रष्टाचार नियन्त्रणमा प्रमुख ध्यान दिने बताउँदै आएका छन् ।

उनले कुल ५३.५ प्रतिशत मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिद्वन्दी रिकार्डो अनायाले २३ प्रतिशत मत प्राप्त गरेका छन् ।

लोपेजलाई ट्रंपको बधाई, कस्तो होला अमेरिका-मेक्सिको सम्बन्ध ?

 

कमेन्ट गर्नुहोस्