सनी लियोनीले खोल्दै धेरैलाई चकित पार्ने जीवनको राज !

लामो समयदेखि पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोनीको बायोपिकको प्रतिक्षा गरिरहेका उनका फ्यानहरुलाई खुशीको खबर आएको छ ।

सनीको बायोपिकको पहिलो मोशन पोस्टर सार्वजनिक भएको छ । सनी लियोनीको यो बायोपिकको नाम हो ‘करनजीत कौर– द अनटोल्ड स्टोरी अफ सनी लियोन’। पोस्टरदेखि पछि उनका फ्यानहरुलाई सनी लियोनीको जिन्दगीका बारेमा जान्ने उत्सुकता बढ्नु स्वाभाविक हो ।

सनी लियोनीले आफ्नो बायोपिकमा मोशन पोस्टरलाई ट्विटरमा शेयर गर्दै लेखेकी छन्, ‘छिटो नै मेराृ जिन्दगी एक खुला किताब जस्तै हुने छ ।’

मोशन पोस्टर के साथ ही ‘करनजीत कौर– द अनटोल्ड स्टोरी अफ सनी लियोन’ रिलिजको समय पनि तय भएको छ । यो फिल्म आगामी १६ जुलाईमा जीसमा प्रसारण हुँदै छ ।

‘करनजीत कौर– द अनटोल्ड स्टोरी अफ सनी लियोन’ को करीब ४० सेकेन्डको मोशन पोस्टरमा सनी लियोनीको जिन्दगीलाई दुई अलग अलग कोणबाट प्रस्तुत गएिको छ ।

एउटा बचपनको तस्वीरसँग सनी लियोनीलाई पोर्न इन्डष्ट्रीमा आउनु भन्दा पहिलाको अवस्था र त्यसपछिको उनको पोर्न इन्डष्ट्रीको यात्राबारे देखाइएको छ ।

बलिउडमा आउनु भन्दा पहिलो सनी लियोनी पोर्न इन्डष्ट्रीजकी चर्चित पात्र थिइन । उनी पहिलो पटक सन २०११ मा भारतीय टीभी शो ‘बिग बोस’ सीजन पाँचमा देखा परेकी थिइन । त्यसपछि सनीले ठूलो चर्चा पाइन ।

‘बिग बोस’ को कार्यालयमै सनी लियोनलाई निर्देशक महेश भट्टले आफ्नो फिल्म ‘जिस्म–२’ मा साइन गराएका थिए । फिल्म ‘जिस्म–२’ पछि सनीले ‘रागनी एमएमएस –२’ र ‘एक पहेली लीला’ जस्ता व्याक टू ब्याक कैयौ सफल फिल्ममा काम गरिन ।

अब सनी बलिउड इन्डस्ट्रीमा पनि चर्चित भइसकेकी छन् । सनी आफ्नो जिन्दगीको यो पूरै यात्रा वेब सीरीज (युट्युब) मार्फत सबैलाई भन्न चाहान्छिन् ।

कमेन्ट गर्नुहोस्