प्रेशर कुकरको सिटी निल्दा डेढ वर्षीय बालककाे मृत्यु

भारत कर्नाटकको मांड्या जिल्लामा डेढ वर्षको बच्चाले खेल्दाखेल्दै प्रेशर कुकरको सिटी निल्दा घाँटीमा अड्किएर श्वास रोकिदाँ मृत्यु भएको छ ।

मांड्याको नागराकेरे ग्राम पञ्चायतका अध्यक्ष एचसी महादेवूले भने, ‘बच्चाको नाम भुवन हो। उनी मारिलिगे गौडा तथा रुपाका छोरा हुन् । मृतक बच्चाका पितामा उडुपीको सर्वे विभागमा कार्यरत छन् । उनकी आमा पनि काम गर्छिन । त्यसकारण उनीहरुले बच्चालाई हजुरबाआमा छोडेका थिए । शनिबार राती खाना खादा हजुरआमाले कुकर खोलेर त्यहाँ छोडिन । भुवन सर्दै कुकरको ढक्कननिर पुगेर सीटी निले । हजुरआमाले तत्काल सीटी निकाल्ने कोशिश गरिन तर सीटी भित्र गैइसकेको थियो ।’

उनले घटनाबारे जानकारी दिदै भने, ‘बच्चालाई तुरुन्त डाक्टरको मा पुर्यापछि सीटी निकालिएको थियो । तर बच्चालाई श्वास फेर्न गाह्रो हुन थाल्यो । डाक्टरको सल्लाह अनुसार बच्चालाई मांड्या लाने क्रममा बाटो मै उनको मृत्यु भएको हो ।’

घटनाबारे जानकारी पाउन साथ बच्चाका अविभावक घर पुगें । आइतबार बच्चाको अन्तिम संस्कार गरिएको छ । प्रहरीले बताए अनुसार घटनाबारे अहिलेसम्म कुन उजुरी दर्ता गराइएको छ ।

कमेन्ट गर्नुहोस्