एसियाली जाइन्ट जापान र बेल्जियम राति भिड्दै, जापानले इतिहास रच्ला ?

काठमाडौं, असार १८ । रसियामा जारी २१ औं संस्कारणको फिफा विश्वकपको नकआउट चरणमा आज राति पनि दुई वटा खेल हुँदै छन् ।

साेमबार पहिलाे खेलमा उपाधिको प्रमुख दाबेदार मानिएको ब्राजिल राती पौने ८ बजे मेक्सिको सँग भिड्दै छ । भने दोस्रो खेलमा नकआउट चरण पुगेको एक मात्रै एसियाली मुलुक जापान बेल्जियमसँग भिड्दै छ ।

रसियाको रोस्टोफ एरिनामा हुने खेलमा जित हात पार्दै तेस्रोपटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यसाथ बेल्जियम मैदानमा उत्रिने छ ।

यता ‘फेयर प्ले’ मा सेनेगललाई पछि पार्दै जापान अन्तिम १६ मा स्थान पक्का गरेको हो। टिममा इजी कावाशिमा, माकोटो हासेबे, युतो नागातोमो र सिन्जी कावागा जस्ता अनुभवी खेलाडी छन्।

टिममा भेट्रान केइसुके होन्डा भएकाले जापानले ऐतिहासिक जितको अपेक्षा गरेको छ। पछिल्लो पटक जापान २०१० को विश्वकपमा अन्तिम १६ मा पुगेको थियो। तर पाराग्वेसँग पराजित भएको थियो ।

बेल्जियम सन् २०१४ मा र १९८६ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको थियो। अर्कोतर्फ बेल्जियम विश्वकपमा लगातार ४ खेलमा जित निकाल्ने आफ्नो पुरोना रेकर्ड बराबरी गर्ने अभियानमा छ।

इंग्ल्यान्ड विरुद्धको खेलमा बेल्जियमका प्रशिक्षक रोबर्टो मार्जिनेजले पहिलो रोजाइका खेलाडीलाई बेन्चमा राखेका थिए। दोहोरो पहेँलो कार्ड नपाउनका लागि आराम दिइएका खेलाडीबाट बेल्जियमले उत्कृष्ट खेलको अपेक्षा गरेको छ।

आक्रामक मिडफिल्डर गेन्की हारागुची, सिन्जी कागावा र ताकाशी इनुइ बेल्जियमका महत्वपूर्ण खेलाडी हुन्। उनीहरुको प्रदर्शनमा जापानको भविष्य निर्भर रहने छ ।

प्लेइङ ११ को सम्भावित खेलाडी

जापान
इजि कावाशिमा, हिरोकी साकाइ, माया योशिदा, जेन शोजी, युतो नागातोमो, माकोतो हासेबे, गाकु शिवासाकी, गेन्की हारागुची, सिन्जी कागावा, ताकासी इनुइ, युया ओसाको

बेल्जियम
थिबाउट काउटोइस, जान भेर्टोघेन, भिसेन्ट कोम्पनी, टोबी एल्डरविरेल्ड, एक्सेल विस्टेल, केभिन डे ब्रुइन, यानिक कारास्को, थोमस म्युनियर, ड्रेइस मार्टिन्स, इडिन हजार्ड, रोमलु लुकाकु

कमेन्ट गर्नुहोस्