जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ संशोधनको तयारी, आयोगले बनायो उपसमिति !

काठमाडौं, असार १८ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ भित्र रहेका केही प्रावधानलाई परिमार्जनको तयारी गरेको छ ।

मन्त्रालयले यस सम्बन्धमा राष्ट्रिय दलित आयोगलाई पत्र पठाएपछि दलित भातृ संगठनका प्रमुखहरुले चार सदस्यी उपसमिति गठन गरेका छन् ।

मन्त्रालयले असार १३ गते आयोगलाई यस सम्बन्धमा पत्र पठाएपछि आयोगको पहलमा आइतबार प्रमुख राजनीतिक दलका नेता र दलित अधिकारकर्मीसहितको चार सदस्यी उपसमिति गठन गरिएको छ ।

राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष मानबहादुर नेपालीको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिका अन्य सदस्यमा डा एस किसान, वार एसोशिएसनका सदस्य श्याम विश्वकर्मा र राष्ट्रिय दलित आयोगका पूर्वसदस्य सचिव सिताराम घले परियार रहेका छन् ।

चार सदस्यी उपसमितिले सोमबार कानुनकर्मीहरुसँग छलफल गरी मंगलबार कानुन मन्त्रालयलाई पठाएको पत्रको जवाफसहित आधिकारी निर्णयसँग ऐनभित्र रहेका संशोधनका बुँदाहरु मन्त्रालयलाई बुझाउने तयारी उपसमितिको छ ।

कमेन्ट गर्नुहोस्