काठमाडौं, असार १८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
पत्नी सीता दाहालको उपचारपछि आइतबार मात्रै अध्यक्ष दाहाल सिंगापुरबाट स्वदेश फर्कनु भएको थियो ।