ब्राजिल र मेक्सिकोबीचको पहिलो हाफ बराबरी

काठमाडौं, असार १८ । रसियामा जारी विश्वकप फुटबलका नकआउट चरण अन्तर्गत आजको पहिलो खेलमा अहिले पाँच पटकको विश्व विजेता ब्राजिल र मेक्सिको भिडिरहेका छन् ।

रसियाको सामरा एरिना रंगशालामा जारी छ ब्राजिल र मेक्सिकोबीचको खेलको पहिलो गोलरहित बराबरीमा सकिएको छ । गोलको लागि ब्राजिल थुप्रै राम्रा मुभ बनाए पनि जाली चुमाउन सकेन । आजको खेलमा मेक्सिकोको रक्षा पक्ति र गोलकिपरले उत्कृष्ट बचाउ गरेका छन् ।

ब्राजिल समूह ‘इ’ को विजेताको हुँदै अन्तिम १६ मा पुगेको हो । ब्राजिल पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा कोष्टारिकालाई २–० ले र अन्तिम खेलमा सर्वियालाई २–० ले पराजित गर्दै नकआउट चरणको यात्रा तय गरेको हो ।

उता मेक्सिको समूह एफ को उपविजेताको रुपमा नकआउट चरण पुगेको हो । समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसँग भने पराजित भएको थियो ।

ब्राजिल छैटौं पटक उपाधि उचाल्दे दाउमा छ र आजको खेलमा स्पष्ट जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिने छ । ब्राजिलका स्टार खेलाडी नेइमार चोटका कारण लामो समयपछि मैदानमा आएकोले शुरुवाती खेलमा राम्रो प्रदर्शन गर्न नसकेपनि विस्तारै लय समात्दै छन् ।

धेरै हदसम्म ब्राजिलको अगाडिको यात्रा नेइमारको खेलमा निर्भर रहने छ ।

यो पटक ब्राजिलका स्टार नेइमारले पनि खासै राम्रो पदर्शन गर्न सकेका छैनन् । यदि आज पनि नेइमारको प्रर्दशन कमजोर रह्यो भने ब्राजिल पनि छिट्टै घर नर्फेला भन्न सकिन्न ।

कमेन्ट गर्नुहोस्