विश्वकप फुटबलः ३२ वर्षपछि बेल्जियम अन्तिम आठमा, जापानको सपना यसकारण ध्वस्त

मस्को । जारी विश्वकमा अन्तर्गत सोमबार भएको छैठौं प्री-क्वाटरफाइनलमा जापानलाई हराउँदै बेल्जियम विजयी भएको छ । एशियाली राष्ट्र जापानलाई ३-२ ले हराउँदै बेल्जियम विजयी भएको हो ।

 

जापानमाथिको जितसँगै बेल्जियमले ३२ वर्ष पश्चात क्वाटर फाइनलको यात्रा तय गरेको हो । अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै बेल्जियम अन्तिम आठमा स्थान बनाउन सफल भयो । यता जापानकाे भने पहिलो पटक क्वाटर फाइनलमा पुग्ने सपना ध्वस्त भएको छ ।

खेलको ४८ औं मिनेटमा जेन्की हरागुचीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटमै टाक्सी इनुईले अग्रता दोब्बर पारे । तर पछि परेको बेल्जियमलाई जेन भर्टोन्जेनले ६९ औं मिनेटमा गोल गर्दै अग्रता घटाए ।


त्यसको ५ मिनेटमै मारौनी फिलानीले गोल गर्दै बराबरी गरेका थिए । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम मिनेटमा नेशर चादलीले गोल गर्दै बेल्जियमलाई अघिल्ले चरण पुर्याएका हुन् । अब क्वाटरफाइनलमा बेल्जियमले ब्राजिलको सामना गर्नेछ । बेल्जियम समूह जी को विजेता बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ तथा इंग्ल्याण्डलाई १-० ले हराएको थियो । -एजेन्सी

कमेन्ट गर्नुहोस्