अब न्यूनतम पारिश्रमिक १५ हजार

काठमाडौं, असार १९ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुने भएको छ । सरकारले अब न्यूनतम पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्याउन लागेको हो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सहमति जुट्ने सम्भावना न्यून हुँदै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक पाँच हजार तीन सय रुपैयाँ बढाउने गृहकार्य सुरु गरेको हो । हाल आधारभूत तलब र भत्तासमेत गरी न्यूनतम पारिश्रमिक नौ हजार सात सय रुपैयाँ छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्