सुनसरीमा जीप दुर्घटनाः ६ को मृत्यु, चारजना घाइते

सुनसरी, असार १९ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  किसानको छोरी हुँ किसानको दुःख बुझेको छु : राज्यमन्त्री चौधरी

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नंको स्कारपिओ जीप आफैँ अनियन्त्रित हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

याे पनि पढ्नुस  सुनसरी ३ मा मतगणना सुरु

घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । -रासस

कमेन्ट गर्नुहोस्