मध्य र पूर्वी क्षेत्रमा बाढीको जोखिम कायमै

काठमाडौं, असार १९ । आज पनि पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना छ । हिजो रातिदेखिको पानी केही कम भए पनि फेरि पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज मध्य र पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम छ । पश्चिमी क्षेत्रमा भने आज ठूलो पानी पर्ने सम्भावना नरहेकाले बाढी पहिरोको जोखिम केही कम रहेको मौसमविद् वरुण पौडेले बताए ।

उनले बादलमा जलवाष्पयुक्त हावा रहेकाले पश्चिमी क्षेत्रमा पनि सामान्य वर्षा भने हुने जानकारी दिए । शनिबार बेलुकीदेखि लगातार भरी परेकाले भोलिदेखि भने रोकिने सम्भावना रहेको मौसमविद् पौडलको भनाई छ ।

कमेन्ट गर्नुहोस्