यी अभिनेत्रीले यस्तो आरोप लगाइन् मिथुनको छोरा महाअक्षयलाई

नयाँदिल्ली । बलिउड क्षेत्रका सुपरस्टार मिथुन चक्रवर्तीको छोरा महाअक्षयलाई अभिनेत्री मदालसा शर्माले यस्तो आरोप लगाएकी छिन् ।

मेरो सहमतिबिना उनले विवाह गर्छु भनी वाचा गरी शारीरिक सम्बन्ध राखे । शारीरिक सम्बन्ध राखेपछि गर्भवती पनि भएँ । तर, गर्भवती हुँदा समेत विवाह गर्नु सट्टा मेरो गर्भपतन गर्ने कोशिश गरेका थिए ।

त्यसपछि पीडित अभिनेत्रीले दिल्लीमा रहेको बेगमपुर प्रहरी चौकीमा गई आफूमाथि अन्याय भएको भन्दै उजुरी दर्ता गराउन खोज्दा पनि प्रहरीले कुनै वास्ता नगरेको बताइन् । त्यसपछि उनी अदालतमा गई गुहार मागिन् । सोमबार रोहिणी अदालतले मिथुन चक्रवर्तीको छोरा महाअक्षय र आमाको विरुद्ध उजुरी दर्ता गर्न आदेश दिएको छ ।

अभिनेत्री मदालसा शर्माको आरोप यस्तो छ–

सन् २०१५ अप्रिलमा सुपरस्टार मिथुन चक्रवर्तीका छोरा महाअक्षयसँग पहिलो पटक चिनजानमा भएका थियौं ।

यसपछि उनीहरुबीच लगातार फोनमा कुराकानी समेत हुन थाले ।

एकदिन महाअक्षयले मलाई चलचित्रमा मूख्य भूमिका निर्वाहका लागि कुरा गर्न आफू बस्ने फ्ल्याटमा बोलाए । ऊ बस्ने फ्ल्याटमा गएपछि आफूलाई नशालु पदार्थ मिसाएको चिसो खान दिँदा म लठ्ठिन थालें । त्यसपछि उसले मलाई शारीरिक सम्बन्ध राख्ने प्रयास गर्दा मैले मानिनँ । त्यसपछि मसँग विवाह गर्छु भनी वाचा गरी शारीरिक सम्बन्ध राखे । उसले मलाई जबरजस्ती आफ्नो सहवासका लागि आफ्नो शिकार बनाए । शारीरिक सम्बन्ध राखेपछि म गर्भवती समेत हुन पुगें । त्यसलाई कैयौं पटक मार्ने प्रयास पनि गरे विवाहको लागि कुण्डली मिलाउँदै भनी धेरै पटकसम्म धोकामा राखे ।

विवाहको कुरा एक अर्काको कुण्डली मिल्न सकेको छैन भन्दै कुरा टार्ने कोशिश समेत गरेका थिए । धेरैपटकसम्म आफ्नो कुरामा अल्झाई राखेपछि मैले प्रहरीमा उजुरी दर्ता गएँ । तर, प्रहरीले पनि उजुरी दर्ता गर्न मानेनन् ।

७ जुलाईमा मिथुनका छोराको विवाह

वकिलले बताएअनुसार पीडित अभिनेत्रीले पछिल्लो महिनामात्र थाहा पाईन् कि महाअक्षयले अर्काे केटीसँग विवाह गर्न लागेको कुरा । त्यसपछि मैले उसँग सम्पर्क गर्ने धेरै पटक प्रयास गरें तर मिथुनको श्रीमती पत्नी योगिता बालीले अबदेखि यहाँ फोन नगर्न धम्की समेत दिइन् । यसरी अदालतले आमा योगितालाई पनि आरोपी घोषणा गर्न आदेश दिए ।

कमेन्ट गर्नुहोस्