रणवीर र दीपिकाको विवाह नोभेम्बर १० मा

एजेन्सी । बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको विवाहलाई लिएर अहिले पनि चर्चा जारी छ । झण्डै ५ वर्षदेखि प्रेममा बसेका यो जोडीको अब छिट्टै विवाह हुँदै छ ।

विभिन्न संचार माध्यममा आएका खबरका अनुसार यो जोडीले यही वर्षको नोभेम्बर १० मा विवाह गर्न लागेका छन् । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले जस्तै दीपिका र रणवीर पनि इटालीमा विवाह गर्ने तयारीमा छन् ।

याे पनि पढ्नुस  दीपिका र रणवीरको विवाह

दीपिका रणवीरको घरपरिवारले यतिबेला विवाहको लागि किनमेल सुरु गरिसकेका छन् । इटालीमा हुने डेस्टिनेशन विवाहमा दुवैको परिवार तथा बलिउडका केही नजिकका साथीहरु मात्रै सहभागी हुनेछन् ।

दीपिका र रणवीर इटालीमा यसअघि विराट र अनुष्काले गरेजस्तै थोरै व्यक्तिहरुबीचमा विवाह सम्पन्न गर्न चाहन्छन् । विवाह समारोहमा बलिउडबाट दीपिकाको तर्फबाट शाहरुख खान तथा रणवीरको तर्फबाट अभिनेता अर्जुन कपूर सहभागी हुन सक्ने अनुमान पनि गरिएको छ ।

कमेन्ट गर्नुहोस्