साहित्यः मलाई यति कठोर समयले बनायो

युवराज पौडेल ‘सफल’

मलाई यति कठोर समयले बनायो
जिन्दगीका हरेक त्यो लयले बनायो

कहिलेकाही यतिसम्म कठोर बन्नुपर्ने
यस्तो मलाई घटना कतिपयले बनायो

किन रोप्थे रुख, किन लाउँथे पर्खाल
यो सबै गर्न बाध्य भूक्षयले बनायो

सधैं जवान हुने चाहना नभएको होइन
हेर्नुस् न यो बुढेसकाल बयले बनायो

वनको बाघले होइन, मनको बाघले खायो
मेरो यो हालत अदृश्य भयले बनायो

कमेन्ट गर्नुहोस्